Kathmandu Press

टीकापुर घटना : १३ जना धनगढी कारागारबाट छुटे

कैलाली, फागुन २२ : टीकापुर घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका २६ मध्ये १३ जना बुधबार धनगढी कारागारबाट छुटेका छन् ।

तीमध्ये तीन ज....

टीकापुर घटना :  १३ जना  धनगढी कारागारबाट छुटे
काठमाडौं प्रेस

कैलाली, फागुन २२ : टीकापुर घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका २६ मध्ये १३ जना बुधबार धनगढी कारागारबाट छुटेका छन् ।

तीमध्ये तीन जना निर्दोष सावित भएकाले कारागारमुक्त भएका हुन् । बाँकी १० जनालाई चाहिँ तीन–तीन वर्षको कैद सजाय सुनाइएको थियो । तर, अदालतको फैसला आउँदासम्म तीन वर्ष कैद भुक्तानी गरिसकेकाले उनीहरू छुटेका हुन् । 

काठमाडौं प्रेस

अदालतले बाँकी दुई जनालाई पनि तीन वर्षको मात्रै कैद सजाय सुनाएको छ । तीमध्ये लक्ष्मण थारु काठमाडौं कारागारमा छन् । उनी पनि रिहा हुने क्रममा छन् । बाँकी एकको भने तीन महिने कैद सजाय फागुन ३० गते पुग्दैछ । 

टीकापुर घटनाको आरोपमा समातिएका मध्ये बाँकी ११ जनालाई भने दोषी ठहर गरिएको छ । तीमध्ये सांसद रेशम चौधरीले भने जन्मकैद पाएका छन् । चौधरी निर्दोष रहेको र उनलाई फसाइएको भन्दै उनको सम्वद्धता रहेको राष्ट्रिय जनता दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला

कैलाली क्षेत्र नं‍ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई जेलमा रहेकै अवस्थामा सभामुख कृष्णबहादुर महराले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहणपछि पनि उनलाई जेलमै राखिएको थियो ।

२०७२ भदौ ७ गते भएको टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको हत्या भएको थियो । सो घटनामा ५८ जना विरुद्ध मुद्दा दायर गरिएको थियो ।


 
 

प्रकाशित मिति: १८:१२ बजे, बुधबार, फागुन २२, २०७५