मुख्यसचिव अर्याल भन्छन्- कुलिङ पिरियड गडबडीको जिम्मा सभापतिले लिनुपर्छ
‘विधेयक सच्याउनमा कर्मचारीको कुनै भूमिका हुँदैन, यसको सम्पूर्ण जिम्मा संसदीय समिति सभापति र सचिवालयले लिनुपर्छ,’ उनले भने।
काठमाडौं, साउन ५ : निजामती विधेयकमा ‘कुलिङ पिरियड’मा भएको गडबडीबारे अहिले संसदीय समितिले छानविन गरिरहेको छ।
समितिले सोमबारको बैठकमा कुलिङ पिरियड गडबडीबारे मुख्यसचिव एकनारायण अर्यालसँग सोधपुछ गरेका थियो। सो क्रममा उनले सो गडबडीको जिम्मा संसदीय समितिका सभापति र समिति सचिवालयले लिनुपर्ने बताएका छन्। उनले त्यसमा कर्मचारीको कुनै भूमिका नभएको बताए।
‘विधेयक सच्याउनमा कर्मचारीको कुनै भूमिका हुँदैन, यसको सम्पूर्ण जिम्मा संसदीय समिति सभापति र सचिवालयले लिनुपर्छ,’ उनले भने।
उनले त्यो गडबडी कसैले बदनियत राखेर नभई मानवीय त्रुटिज भएको हुन सक्ने उनले तर्क गरेका छन्। निजामती विधेयकको प्रतिवेदन तयार पार्ने प्रक्रियामा आफूलाई सामेल नगरिएकाले आफूलाई यस विषयमा धेरै जानकारी नएको उलने बताए।
मुख्यसचिव अर्यालले कुलिङ पिरियडको व्यवस्था राख्दा तत्काल अवकास प्राप्त कर्मचारीले नियुक्ति नपाउने तर दुई वर्षअघिका तिनै कर्मचारीले अवसर पाउने भन्दै उनले गल्ती गर्नेलाई नै लाभ हुने वातावरण बन्ने बताए।












-(7)-1765197040.jpg)