पहिलो साउने सोमबार पशुपतिमा दर्शनार्थीको भीड [फोटो फिचर]
साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिने शास्त्रीय मान्यता समेत छ।![पहिलो साउने सोमबार पशुपतिमा दर्शनार्थीको भीड [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/COVER-1753077256.jpg)
काठमाडौं, साउन ५ : आज साउन महिनाको पहिलो सोमबार । भगवान शिवको विशेष दिन साउनको सोमबार पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजनको भीड लागेको छ।
साउने सोमबार भगवान शिवको प्रिय दिन भएकाले पशुपतिनाथमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुको भीड लागेको छ। यसदिन विशेषगरी भगवान शिवको पूजा तथा आराधना गरिन्छ।
साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिने शास्त्रीय मान्यता समेत रहेको छ।
पशुपति क्षेत्र विकास कोषले पनि साउन महिनाभर विशेषतः सोमबारका दिनहरुमा भक्तजनहरुको सुविधा, सुरक्षा र उचित व्यस्थापनका लागि विशेष तयारी गरेको जनाएको छ ।
प्रकाशित मिति: ११:२९ बजे, सोमबार, साउन ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












