Kathmandu Press

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै

बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारी लगायत विविध विषयमा छलफल एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं, साउन ५  : आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्दैछ । सोमबार बिहान ११ बजे ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो । 

बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारी लगायत विविध विषयमा छलफल एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

आजबाट सुरु भएको बैठकमा यसअघि सचिवालय र पोलिटब्यूरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमा छलफल हुनेछ । यो बैठक दुईदिन सम्म चल्ने छ ।  
 
प्रकाशित मिति: ०८:३० बजे, सोमबार, साउन ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्