Kathmandu Press

नाइके तोक्ने विषयमा सिरहा कारागारमा झडप, १३ कैदीबन्दी घाइते

‘नाइके को हुने भन्ने विवादले दुई समूहबीच झडप भएको हो। घाइतेहरूलाई तत्काल प्रादेशिक अस्पताल सिरहा पठाइएको छ,’ उनले भने, ‘सुरक्षाका दृष्टिकोणले पनि थप उपचारका लागि उनीहरूलाई आजै काठमाडौं पठाइएको छ।’
नाइके तोक्ने विषयमा सिरहा कारागारमा झडप, १३ कैदीबन्दी घाइते

सिरहा, साउन ४ : सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा १३ जना घाइते भएका छन्। 

कारागारभित्र आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा विवाद चर्किएपछि झडप भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालले बताए। 

Hardik ivf

‘नाइके को हुने भन्ने विवादले दुई समूहबीच झडप भएको हो। घाइतेहरूलाई तत्काल प्रादेशिक अस्पताल सिरहा पठाइएको छ,’ उनले भने, ‘सुरक्षाका दृष्टिकोणले पनि थप उपचारका लागि उनीहरूलाई आजै काठमाडौं पठाइएको छ।’

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली तत्काल कारागार पुगेको थियो। हाल अवस्था नियन्त्रणमा रहेको र झडपको विषयमा थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।

सिराहा कारागार १५० कैदीबन्दी राख्ने क्षमताको भए पनि हाल ४५८ जना कैदीबन्दी राखिएको छ। क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिँदा आन्तरिक व्यवस्थापनमा समस्या देखिएको छ 

शनिबार मात्रै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले कारागार अनुगमन गरेको थियो। 

अनुगमनका क्रममा कुनै असहज अवस्था नरहेको बताइएको थियो। तर, त्यसको भोलिपल्टै झडप हुनुले कारागार व्यवस्थापनमाथि प्रश्न उठाएको छ।

प्रकाशित मिति: २१:२७ बजे, आइतबार, साउन ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्