‘अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको भेट एमालेको लागि महत्वपूर्ण’
‘यदि राजनीतिमा फर्किनु उचित छैन भन्ने भयो भने नवीकरण नै भएको छ भने पनि निस्क्रिय हुन्छ होला। प्राविधिक कुरामा धेरै बहस गर्नु आवश्यक नै छैन। गीत–संगीत तयार भएपछि पो कसरी नाच्ने भन्नु कुरा आउँछ,’ उनले भने।-(49)-1753021999.jpg)
काठमाडौं, साउन ४ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटघाट पार्टीका लागि महत्वपूर्ण भएको सचिव योगेश भट्टराईले बताएका छन्। रहेको बताएका छन्।
आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकारहरुसँग कुरा गर्दै उनले विभिन्न बैठकमा नेताहरुले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने कुरा पार्टी अध्यक्षसँग छलफल हुनुपर्ने धारणाको प्रतिफल आजको भेटघाट भएकाे बताए।
‘हाम्रो केन्द्रिय सचिवालयको बैठक र पोलिटब्युरो सदस्यहरुको बैठकमा पार्टीका नेताहरुले आफ्नो कुरा राख्नुभयो,’ उनले भने, ‘अहिलेको बहस पूर्वराष्ट्रपतिज्यू पार्टीको सक्रिय राजनीतिमा फर्कने र पार्टीमा भुमिका खेल्ने कुरामा प्रधानमन्त्री एवं पार्टी अध्यक्षबीच छलफल हुनुपर्छ भन्ने आएपछि आजको भेटघाट त्यसैको पृष्ठभुमि हो। यो भेटघाट नेकपा एमालेको लागि महत्वपूर्ण छ।’
पूर्वराष्ट्रपति भण्डारीको सदस्य नवीकरण प्राविधिक कुरा भएकोले यसमा बहस गरिरहन नपर्ने समेत उनले बताए।
‘सदस्यता नवीकरण प्राविधिक कुरा हो। प्राविधिक कुरा टुङगिनु भन्दा पहिले राजनीतिक कुरा टुङगिनु पर्छ। राजनीतिक कुरा टुङगियो भने प्राविधिक कुरा त्यो अनुसार मिलाउने हो। यो सदस्य नवीकरण भएको छ कि छैन, अभिलेखमा छ कि छैन भन्ने कुरामा गरिरहनु आवश्यक छैन,’ उनले भने, ‘राजनीतिक कुरा टुङगियो मान्नुस् कि पूर्व पूर्वराष्ट्रपतीज्यु पार्टीको सक्रिय राजनीतिकमा फर्किने उहाँलाई सम्मानजनक स्थानमा भूमिका दिने हो भने आज नवीकरण भएको छैन भने पनि भोली नवीकरण गर्न सकिन्छ।’
सचिव भट्टराईले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किनु उचित नभए नवीकरण भएपनि निस्क्रिय हुने बताए।
‘यदि राजनीतिमा फर्किनु उचित छैन भन्ने भयो भने नवीकरण नै भएको छ भने पनि निस्क्रिय हुन्छ होला। प्राविधिक कुरामा धेरै बहस गर्नु आवश्यक नै छैन। गीत–संगीत तयार भएपछि पो कसरी नाच्ने भन्नु कुरा आउँछ,’ उनले भने।












