Kathmandu Press

ओलीसँगको २ घण्टा लामाे भेटवार्तापछि विद्या भन्छिन्– राष्ट्रिय राजनीतिका बारे मात्र कुरा भयो

ओलीसँगको भेटपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भण्डारीले अध्यक्ष ओलीसँग राष्ट्रिय राजीतिका बारे कुराकानी गरेको बताएकी छिन्। 
ओलीसँगको २ घण्टा लामाे भेटवार्तापछि विद्या भन्छिन्– राष्ट्रिय राजनीतिका बारे मात्र कुरा भयो

काठमाडौं, साउन ४ : दुई कार्यकाल राष्ट्रपति भएपछि पुनः एमालेबाटै सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भउको छ। 

दुईबीच एमालेको केन्द्रिय कार्यालय च्यासलमा केहीबेरअघि भेतवार्ता भएको हो। दुई नेताबीच २ घण्टा लामो छलफल भ्एको थियो।

ओलीसँगको भेटपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भण्डारीले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिका बारे कुराकानी गरेको बताएकी छिन्। 

उनले सदस्यता नवीकरणका विषयमा कुरा नभएको उनले बताइन्। आफूले सदस्यता नवीकरण गरिसकेको बताउँदै उनले बाँकी काम आधिकारिक च्यानलबाट हुने बताइन्।

यअसघि शनिबार सकिएको पोलिटब्यूरो बैठकपछि भण्डारीको सदस्यता पेन्डिङमा रहेको बताइएको थियो।

प्रकाशित मिति: १८:३१ बजे, आइतबार, साउन ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्