Kathmandu Press

इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थी विरोध प्रदर्शनमा 

इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेको विकेन्द्रीकरण र स्वायत्तताको निरन्तरता सुनिश्चित गरियोस् भन्ने माग राख्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन्। 
इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थी विरोध प्रदर्शनमा 

काठमाडौं, साउन ४ : इन्जिनियरिङ अध्ययन संस्थान (इअसं) का विद्यार्थीहरुले आइतबार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेका छन्। 

इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेको विकेन्द्रीकरण र स्वायत्तताको निरन्तरता सुनिश्चित गरियोस् भन्ने माग राख्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन्। 

इन्जिनियरिङ अध्ययन संस्थानको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गरियोस् भन्ने नारासहित इअसंका विद्यार्थीहरु आन्दोलनमा उत्रिएको विद्यार्थीहरुले बताए। 

Photo-(8)-(16)-1753014852.jpg

‘इन्जिजियरिङ अध्ययन संस्थानमा पढाइ ठप्प भएको १२ दिन भएको छ। यसले परीक्षा सर्ने जस्ता शैक्षिक अन्योल भएको छ। विकेन्द्रीकरणले आफ्नो अधिकारभित्र रहेर निर्णय गर्ने कुरालाई केन्द्रीकरण गर्दा शैक्षिक गुणस्तर खस्किने देखिन्छ,’ प्रदर्शनमा सहभागी कुशल कठायतले भने।

अर्का विद्यार्थी उज्जल भुसालले स्वायत्त इअसं हुँदा समयमा नै परीक्षा हुने र गुणस्तरीय शिक्षा प्राप्त भइरहेको बताए। 

Photo-(1)-(79)-1753014854.jpg

‘इन्जिनियरिङ अध्ययन संस्थान हाम्रो पहिचान हो। यो कसैको अनुमतिका बाँच्ने संस्थान होइन। हामी अधिकार माग्न आएका हौं,’ उनले भने, ‘समयमा नै परीक्षा, भरपर्दो प्रशासन, गुणस्तरीय शिक्षा स्वायत्तताको कुरा गर्न आएका हौं।’ 
 

प्रकाशित मिति: १८:२० बजे, आइतबार, साउन ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्