Kathmandu Press

‘कुलिङ पिरियड’ हटाउन एमालेका ५ सांसदको संशोधन प्रस्ताव 

प्रतिनिधिसभाबाट पारित विधेयकमा अवकाश लिएको मितिले २ वर्षसम्म नेपाल सरकारको पूर्वस्वीकृति नलिई संवैधानिक, कूटनीतिक वा अन्य नियुक्ति लिन नपाउने प्रावधान राखिएको छ। 
‘कुलिङ पिरियड’ हटाउन एमालेका ५ सांसदको संशोधन प्रस्ताव 

काठमाडौं, साउन ४ : निजामती सेवामा कुलिङ पिरियड लागु गर्ने प्रावधान नराख्न माग गर्दै एमालेका पाँचजना राष्ट्रिय सभा सदस्यले संशोधन प्रस्ताव राखेका छन्। 

संशोधन प्रश्ताव राख्नेमा राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई, रुक्मिणी कोइराला, इन्दिरादेवी गौतम, सुमित्रा बीसी र सोनाम गेल्जेन शेर्पा छन्।

प्रतिनिधिसभाबाट पारित विधेयकमा अवकाश लिएको मितिले २ वर्षसम्म नेपाल सरकारको पूर्वस्वीकृति नलिई संवैधानिक, कूटनीतिक वा अन्य नियुक्ति लिन नपाउने प्रावधान राखिएको छ। 

कुलिङ पिरियड विवादमा परेपछि कांग्रेस सांसद जिवन परियारको नेतृत्वमा संसदीय विशेष छानबिन समिति बनेको छ । विधेयकमाथि राष्ट्रिय सभामा परेका संशोधनहरूलाई संसद सचिवालयले एकीकृत गरेपछि दफावार छलफल हुने छ। 
 
प्रकाशित मिति: १७:१८ बजे, आइतबार, साउन ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्