Kathmandu Press

लगातार दोस्रो वर्ष नेपालले पायो आईसिसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड

नेपाली क्रिकेटप्रति सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममा देखिएको यही समर्थन र संलग्नताका आधारमा अवार्ड दिइएको हो ।
लगातार दोस्रो वर्ष नेपालले पायो आईसिसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड

काठमाडौं, साउन ४ : नेपालले दोस्रो दोस्रो आईसिसीको ग्लोबल अवार्ड प्राप्त गरेको छ। 

शनिबार सिंगापुरमा भएको वार्षिक सम्मेलनमा आईसिसीले नेपाल क्रिकेट संघ (क्यान)लाई ग्लोबल अवार्ड्स अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड प्रदान गरेको हो। नेपालले गतवर्षपछि यो अवार्ड जितेको थियो। आईसिसीका अध्यक्ष जय शाहले समारोहमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्कालाई सो अवार्ड प्रदान गरेका थिए। 

नेपाली क्रिकेटप्रति सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममा देखिएको यही समर्थन र संलग्नताका आधारमा अवार्ड दिइएको हो ।

पछिल्लो वर्ष फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्स र नयाँ सुरु गरिएको क्यान डोमेस्टिक फेसबुक पेजमार्फत गरिएको रणनीतिक विस्तारले करिब ११७ मिलियन पहुँच पुर्‍याएको छ। 

नेपाली क्रिकेटलाई देशभित्र मात्र नभएर देशबाहिर पनि व्यापक समर्थन प्राप्त हुँदै आएको छ।

प्रकाशित मिति: १६:५८ बजे, आइतबार, साउन ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्