ओली र भण्डारीबीच भेटवार्ता जारी
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच अहिले एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भइरहेको छ।
काठमाडौं, साउन ४ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच अहिले एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भइरहेको छ। ३ बजे बस्ने भनिएपछि वार्ता केहीबेर अघिबाट सुरु भएको हाे।
एमाले पोलिटब्युरो बैठकमा भण्डारीको सक्रिय राजनीतिमा फर्कने बिषयमा देखिएको चासो र विवादलाई टुंगोमा पुर्याउन एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी आपसमा बस्नुपर्ने सुझाव आएको थियो। सोही अनुसार दुई नेताबीच छलफल भएको हो।
आगामी साउन ५ गते बस्न लागेको केन्द्रीय कमिटी बैठक अघि नै भण्डारीको एमालेमा राजनीतिक सक्रियताको विवादलाई टुंग्याउनुपर्ने बैठकको ‘म्यान्डेट’ छ।
प्रकाशित मिति: १६:४९ बजे, आइतबार, साउन ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












