Kathmandu Press

पदाधिकारी हेरफेरको निर्णय अध्यावधि नभएको भन्दै रास्वपा नेता निर्वाचन आयोगमा 

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी, कानुन विभागका सदस्यहरूले आइतबार आयोग पुगेर अध्यावधि ढिलाइ भएको भन्दै सरोकार राखेका हुन्। 
पदाधिकारी हेरफेरको निर्णय अध्यावधि नभएको भन्दै रास्वपा नेता निर्वाचन आयोगमा 

काठमाडौं, साउन ४ : रास्वपाका नेताहरु पदाधिकारी हेरफेरसम्बन्धी पार्टीले गरेको निर्णय अध्यावधि नभएको भन्दै निर्वाचन आयोग पुगेका छन्। 

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी, कानुन विभागका सदस्यहरूले आइतबार आयोग पुगेर अध्यावधि ढिलाइ भएको भन्दै सरोकार राखेका हुन्। 

त्यसक्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कागजात अध्ययनकै क्रममा रहेकाले अध्यावधि गर्न ढिलाइ भएको जानकारी दिएका छन्। रास्वपाका नेताहरुले छिट्टो अध्यावधि गर्न आयोगलाई सुझाव दिएका थिए।  

रास्वपाले यही असार ७ गते रास्वपाले बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ता बनाउने निर्णय गरेको थियो। 

यहीबीचमा महामन्त्रीबाट कारबाही गरिएको भनिएका  डा.मुकुल ढकालले आफु नै रास्वपाको आधिकारिक महामन्त्री रहेको दाबीसहित सर्वोच्च अदालतमा रिट दिएका छन्। 

प्रकाशित मिति: १६:२३ बजे, आइतबार, साउन ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्