Kathmandu Press

अन्तर्राष्ट्रिय रियालिटी शोमार्फत नेपालीहरुले प्रतिभा देखाउन अवसर पाएका छन् : सभामुख

‘हामी जुन मुलुकमा जन्मियौं, त्यसको एउटा पहिचान हाम्रा संस्कार, संस्कृति, कला र साहित्य हुन्। यी सबैले हामीलाई संसारको जुन ठाउँमा भए पनि आपसमा जोडिराख्छ,’ सभामुख घिमिरेले भने।
अन्तर्राष्ट्रिय रियालिटी शोमार्फत नेपालीहरुले प्रतिभा देखाउन अवसर पाएका छन् : सभामुख

काठमाडौं, साउन ४ : सभामुख देवराज घिमिरेले इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा सञ्चालित अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’र ‘मेरो डान्स युनिभर्स’मा सहभागी कलाकारहरूसँग साक्षात्कार गरेका छन्। 

विभिन्न मुलुकबाट नेपाल आएका कलाकारहरूसँगको कार्यक्रममा उनले नेपाली कला, संस्कृति र संस्कारको महत्वमाथि जोड दिएका हुन्।

‘हामी जुन मुलुकमा जन्मियौं, त्यसको एउटा पहिचान हाम्रा संस्कार, संस्कृति, कला र साहित्य हुन्। यी सबैले हामीलाई संसारको जुन ठाउँमा भए पनि आपसमा जोडिराख्छ,’ सभामुख घिमिरेले भने।

उनले अन्तर्राष्ट्रिय नेपाली रियालिटी शोले नेपाली युवाहरूमा रहेको प्रतिभालाई उजागर गर्ने अवसर दिएको बताए। 

‘यो प्लेटफर्मले प्रतिभा विकाससँगै अन्य विविध क्षेत्रको विकासमा पनि टेवा पुर्याउँछ। संसारभर छरिएर रहेका नेपालीहरूलाई नेपालीपनको परिचय दिने काम पनि यसले गरिरहेको छ,’ उनले भने।

सभामुख घिमिरेले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक पहिचानमार्फत चिनाउन सकिने सम्भावनातर्फ पनि ध्यानाकर्षण गराएका थिए। 

कार्यक्रममा शोमा सहभागी भएका विभिन्न मुलुकका नेपालीभाषी कलाकारहरूको उपस्थिति रहेको थियो।
 
प्रकाशित मिति: १४:३६ बजे, आइतबार, साउन ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्