एआइजी दानबहादुर कार्कीलाई ‘मातृभूमि हिरो’ अवार्ड
रोटरी अफ मातृभूमि बालुवाटारद्वारा आयोजित आफ्नो स्थापनाको १० औं वार्षिकउत्सव समारोहमा कार्कीलाइ ‘मातृभूमि हिरो’ अवार्डले सम्मान गरिएको हो।
काठमाडौँ, साउन ३ : रोटरी क्लबद्वारा हरेक वर्ष प्रदान गरिने ‘मातृभूमि हिरो’ अवार्ड यस वर्ष नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाइ प्रदान गरिएको छ।
रोटरी अफ मातृभूमि बालुवाटारद्वारा आयोजित आफ्नो स्थापनाको १० औं वार्षिकउत्सव समारोहमा कार्कीलाइ ‘मातृभूमि हिरो’ अवार्डले सम्मान गरिएको हो।
एआइजी कार्कीलाइ एक समारोहबीच रोटरी क्लबका डिस्ट्रीक गभर्नर बिनोद कोइरालाले सम्मानपत्र र मालालगाई सम्मान गरेका छन्। उनलाई नेपाल प्रहरीमा रही समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रसंशास्वरुप सम्मान गरेको क्लबले जनाएको छ।
विधिको शासन र कानुन कार्यान्वयनमा अतुलनिय भूमिका निर्वाहगरि कार्कीले सामाजिक सुव्यवस्था कायम गरेको रोटरी क्लब अफ मातृभूमि बालुवाटारको सम्मानमा उल्लेख छ । मातृभूमिले हरेक वर्ष परोपकारी कार्यगरी समाजमा महत्वपूर्ण योगदान पुर्याएका विशिष्ट व्यक्तिलाई हिरो अवार्डद्वारा सम्मान गर्दै आएको छ।
क्लबले उक्त अवसरमा रोटरीमा नेपालको तर्फबाट पहिलोपल्ट इन्टरनेश्नल चेयर फर लिड फेलोशिपमा चुनिएका क्लबका पुर्वअध्यक्ष विष्णुहरि दाहाललाइ बिशेष सम्मानसमेत गरेको छ।
दशौँ पदस्थापनमा आयोजित सम्मान कार्यक्रममा रोटरीका पुर्वडिस्ट्रिक गभर्नर एवं पदाधिकारीहरु, सामाजिक एवं व्यवसायिक व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
निर्मल ढकालको नेतृत्वमा नयाँ समिति चयन
रोटरी क्लब अफ मातृभूमि बालुवाटारको अबको नेतृत्व युवा उधमी निर्मल ढकालले गर्ने भएका छन्। डेढ दशकदेखि परोपकारी कार्यमा क्रियाशील ढकालले क्लबको वर्ष २०२५-२६ को नेतृत्व गर्ने छन्।
क्लबको सल्लाहकारमा संस्थापक अध्यक्ष निगम हुमागाईंसहित पुर्वअध्यक्षहरु बिनोद अधिकारी, विष्णुहरि दाहाल र बाबुराम आचार्य रहेका छन्।












