Kathmandu Press

एमालेको पोलिटब्युरो बैठक ढिलोगरी च्यासलमा सुरु, आजै सकाउने तयारी 

छलफलमा दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था विधानबाट हटाउने सचिवालयको निर्णय, ७० वर्षे उमेर हदमाथि गरमागरम बहस चलिरहेको छ।
एमालेको पोलिटब्युरो बैठक ढिलोगरी च्यासलमा सुरु, आजै सकाउने तयारी 

काठमाडौं, साउन ३ : नेकपा एमालेको पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। 

बिहान ११ बजे बस्ने भनिए पनि बैठक केही ढिलो गरी सुरु भएको हो। आजको बैठकमा बैठकमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल चल्दै छ । 

शुक्रबार सात जनाले मात्र मस्यौदामाथि धारणा राखेका थिए। बाँकी सदस्यले आज धारणा राख्नेक्रम जारी छ। छलफलमा दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था विधानबाट हटाउने सचिवालयको निर्णय, ७० वर्षे उमेर हदमाथि गरमागरम बहस चलिरहेको छ। बैठक आजै सक्ने तयारी छ। 

बैठकको पहिलो दिन शुक्रबार अध्यक्ष केपी ओलीले राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रस्ताव पेस गरेका छन्। 

प्रकाशित मिति: १३:३० बजे, शनिबार, साउन ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्