Kathmandu Press

सूर्य नेपालको सञ्चालन आय साढे २८ अर्ब बढी

कम्पनीले ५ अर्ब ७५ करोड रुपैयाँ ऋण लिन रेटिङ गराएको हो। यसअघि आव २०७९/८० मा कम्पनीको यस्तो आय २८ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो।
सूर्य नेपालको सञ्चालन आय साढे २८ अर्ब बढी

काठमाडौं, साउन ३ : पछिल्लो एक वर्षमा सूर्य नेपाल प्रालिको सञ्चालन आय साढे २८ अर्ब रुपैयाँभन्दा धेरै रहेको देखिएको छ।

क्रेडिट रेटिङ प्रतिवेदन अनुसार आर्थिक वर्ष (आव) २०८०/८१ मा कम्पनीको सञ्चालन आय २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ बराबर रहेको पाइएको हो। कम्पनीले ५ अर्ब ७५ करोड रुपैयाँ ऋण लिन रेटिङ गराएको हो। यसअघि आव २०७९/८० मा कम्पनीको यस्तो आय २८ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो।

सन १९८६ मा सञ्चालन भएको सूर्य नेपाल प्रालिमा यसको होल्डिङ कम्पनी आइसीटि लिमिटेड इन्डियाको समेत ५९ प्रतिशत शेयर रहेको छ।

यसबाहेक करिब ३९ प्रतिशत शेयरमा नेपाली व्यक्तिगत तथा संस्थागत शेयर धनीहरुको समुह छ र बाँकी २ प्रतिशत ब्रिटिश अमेरिकन टोबाको (इन्भेस्टमेन्ट) लिमिटेड बेलायतको स्वामित्वमा रहेको छ । सूर्य नेपाल प्रालि नेपालको सबैभन्दा ठूलो नीजि क्षेत्रको उद्योग हो।

यो कम्पनी हाल नेपालमा चुरोट, अगरबत्ती र ब्रान्डेड प्याकेज गरिएका खानाको व्यवसायमा संलग्न छ । कम्पनीले सूर्य नेपाल भेन्चर्स प्राइभेट लिमिटेड नामक पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी समावेश गरेको छ, जुन धूपबत्ती (अगरबत्ती) को उत्पादन र बिक्रीमा संलग्न छ।

कम्पनीसँग बलियो होल्डिङ कम्पनी आइसीटी लिमिटेडबाट प्राप्त क्षमता र विशेषज्ञता छ । सन् १९१० मा स्थापित आइसीटि लिमिटेड इन्डियाको भारतको अग्रणी निजी क्षेत्रको कम्पनीहरू मध्ये एक हो । जसको उत्पादन र सेवाहरूको बिक्रीबाट कुल राजस्व आव २०२५ मा लगभग भारु ७३४.६५ विलियन छ।

सूर्य नेपाल प्राली ३५ वर्षभन्दा बढी समयदेखि चुरोट उत्पादनको यवसायमा रहेको छ । यस कम्पनीले उपभोक्ताको स्वाद र प्राथमिकताको विस्तृत दायरा पूरा गर्न सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किंग्स, सूर्या फ्युजन, सूर्य स्लीक बोल्ट, शिखर फिल्टर किंग्स, शिखर आइस रश, खुकुरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी जस्ता विभिन्न सफल ब्रान्डहरू निर्माण गरेको छ।

प्रकाशित मिति: १२:१६ बजे, शनिबार, साउन ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्