कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
काठमाडौं, साउन ३ : मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जनाएको छ।
जसका कारण हाल देशका पहाडी भू–भागमा मौसम साधारणतया बदली रहि बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना छ।
देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति भने देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा वर्षा र हिमपातको सम्भावना रहेको छ।












