Kathmandu Press

राप्रपाद्वारा पार्टीको हितविपरीत हुने कुनै क्रियाकलाप नगर्न आग्रह

राप्रपाको केन्द्रीय अनुशासन समिति अध्यक्ष एवं वरिष्ठ नेता उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको हितविपरीत हुने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरेको हो।
राप्रपाद्वारा पार्टीको हितविपरीत हुने कुनै क्रियाकलाप नगर्न आग्रह

काठमाडौं, साउन ३ : राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका सबै तहका नेता तथाकार्यकर्तालाई पार्टीको नीति, विचार, सिद्धान्त र वृहत्तर हितविपरीत हुने गरी कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ।

राप्रपाको केन्द्रीय अनुशासन समिति अध्यक्ष एवं वरिष्ठ नेता उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको हितविपरीत हुने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरेको हो।

‘बैठकले पार्टीको नीति, विचार, सिद्धान्त र बृहतर हितविपरीत हुने गरी सामाजिक सञ्जाल र सञ्चार माध्यममा लिखित वा मौखिक रूपमा कुनै पनि किसिमको अभिव्यक्ति नदिन तथा त्यससम्बन्धी कुनै क्रियाकलाप नगर्न–नगराउन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछ,’ प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले भने।

प्रकाशित मिति: ०७:२० बजे, शनिबार, साउन ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्