Kathmandu Press

नेपालमा बन्द भयो टेलिग्राम

प्राधिकरणले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन पनि दिएको छ।
नेपालमा बन्द भयो टेलिग्राम

काठमाडौं, साउन २ :  नेपालमा टेलिग्राम एप बन्द भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्देशनमा शुक्रबारबाट टेलिग्राम नेपालमा बन्द गराएको हो।

शुक्रबार सूचना जारी गर्दै दूरसञ्चार प्राधिकरणले टेलिग्राममार्फत अनलाइन ठगी भएको कारण नेपालमा यो एप बन्द गरिएको जनाएको छ। 

प्राधिकरणले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन पनि दिएको छ।

अनलाइन ठगी र मनी लाउण्डरिङको लागि टेलिग्राम एपको प्रयोग भएको प्राधिकरणको भनाइ छ।

सरकारले बिहीबार टेलिग्राम बन्द गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो।

प्रकाशित मिति: १९:२४ बजे, शुक्रबार, साउन २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्