Kathmandu Press

नेपालको मौलिकता भनेकै बहुलजाति, भाषा, धर्म, संस्कृति हाे : सभापति देउवा 

सभापति देउवाले नेपालको पहिचान र संस्कृति जोगाउन आदिवासी जनजातिहरुको भूमिका महत्वपूर्ण रहेको चर्चा समेत गरे। 
नेपालको मौलिकता भनेकै बहुलजाति, भाषा, धर्म, संस्कृति हाे : सभापति देउवा 

काठमाडौं, साउन २ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल सबै जातजातिको देश भएको बताउँदै यसलाई अझै सुन्दर बनाउनुपर्ने बताएका छन्। 

लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्‌घको २८औं स्थापना दिवसका अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले नेपालको मौलिकता भनेकै बहुलजाति भाषा, धर्म, संस्कृति रहेको बताए। 

सभापति देउवाले नेपालको पहिचान र संस्कृति जोगाउन आदिवासी जनजातिहरुको भूमिका महत्वपूर्ण रहेको चर्चा समेत गरे। 

‘यो सबै जातजातिको देश हो। यसलाई अझै सुन्दर बनाउनुपर्छ। यो हाम्रो मौलिकता हो। हाम्रले देशको पहिचान हो। आदिवासी जनजातिहरुले पहिचान जोगाउने कुरा महत्वपूर्ण छ । पहिचानसहितको राष्ट्र हो यो,’ सभापति देउवाले भने, ‘नेपालका सम्पूर्ण आदिवासी जनजातिलाई बढी भन्दा बढी नेपाली कांग्रेसमा आवद्ध गराउनु होला। म यो आग्रह गर्न चाहन्छु। यसका लागि नेपाली कांग्रेसले के गर्नुपर्छ त्यो सहयोग गर्नेछ।’

देउवाले आदिवासी जनजातिहरुको लागि कांग्रेसले गर्नुपर्ने आवश्यक सहयोग गर्न पार्टी तयार रहेको पनि बताए। 

प्रकाशित मिति: १९:०२ बजे, शुक्रबार, साउन २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्