Kathmandu Press

एमाले बैठकमा केन्द्रीय सचिवालय हटाउने प्रस्ताव

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकमा सचिवालय हटाउने प्रस्ताव गरिएको हो।
एमाले बैठकमा केन्द्रीय सचिवालय हटाउने प्रस्ताव

काठमाडौं, साउन २ : एमाले बैठकमा केन्द्रीय सचिवालय हटाउने प्रस्ताव गरिएको छ। 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकमा सचिवालय हटाउने प्रस्ताव गरिएको हो। साथै, बैठकमा वरिष्ठ उपाध्यक्षको सट्टा पहिलो वरीयताको नेता रहने प्रस्ताव समेत गरिएको छ। 

बैठकमा अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव एक, सातजना सचिव, १५ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउन प्रस्ताव गरिएको जनाइएको छ। 

बैठकमा बोल्ने नेताहरुले ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्था, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा फर्कने निर्णय लगायतमाथि धारणा राखेका थिए। 

 

प्रकाशित मिति: १८:५० बजे, शुक्रबार, साउन २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्