Kathmandu Press

राप्रपा उपाध्यक्ष गिरी पदमुक्त

आफूमाथि पार्टीलाई अपूरणीय पुरायाएको आरोप लगाएकाे २४ घण्टा नबित्दै अध्यक्ष राजेन्द्र लिङ्देन गिरीलाई उपाध्यक्षसँगै केन्द्रीय सदस्यबाट पनि पदमुक्त गरे।
राप्रपा उपाध्यक्ष गिरी पदमुक्त

काठमाडौं, साउन २ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त भएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनले गिरीलाई उपाध्यक्षसँगै केन्द्रीय सदस्यबाट पनि पदमुक्त गरेका हुन्।

गिरीसहितका चार नेताले बिहीबार विज्ञप्ति जारी गर्दै राप्रपा अध्यक्ष लिङ्देनले पार्टीलाई अपूरणीय पुरायाएको आरोप लगाएका थिए। उक्त आरोप लगत्तै आज लिङ्देनले गिरीलाई पदमुक्त गरेका हुन्।

गिरीसहितका नेताले सगुन सुन्दर लावतीलाई संगठन विभागको प्रमुखबाट, पार्टी प्रवक्ता र केन्द्रीय सदस्य धनसुर शाहीलाई संयोजित संगठन समन्वय विभागको सदस्य सचिव पदबाट विधान विपरीत हटाइएको बताउँदै अध्यक्ष लिङदेनमाथि आरोप लगाएका थिए। 

प्रकाशित मिति: १८:१५ बजे, शुक्रबार, साउन २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्