अनुसन्धानको काम शसस्त्र प्रहरीको होइन : गृहमन्त्री
उनले सुरक्षासँग जोडिएर नेपाल प्रहरी र शसस्त्र प्रहरी दुबैले काम गर्ने गरेको बताएका छन्। लेखकले शान्ति सुरक्षाका क्षेत्रमा शसस्त्रले काम गर्ने तर अनुसन्धान गर्ने काम नेपाल प्रहरीको भएको स्पष्ट पारे।
काठमाडौं, साउन २ : गृहमन्त्री रमेश लेखकले अनुसन्धानको काम शसस्त्र प्रहरीको नभएको बताएका छन्।
शुक्रबार काठमाडौंमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको छलफलमा बोल्दै उनले शसस्त्र प्रहरीले खासगरि सीमा क्षेत्र र सुरक्षाका विषयहरु, सीमा अपराधका कुराहरु, विपद्का बेला खोजीकार्य गर्ने, राहत वितरणका कामहरु गर्ने भएको उनले बताए।
उनले सुरक्षासँग जोडिएर नेपाल प्रहरी र शसस्त्र प्रहरी दुबैले काम गर्ने गरेको बताएका छन्। लेखकले शान्ति सुरक्षाका क्षेत्रमा शसस्त्रले काम गर्ने तर अनुसन्धान गर्ने काम नेपाल प्रहरीको भएको स्पष्ट पारे।
त्यस्तै राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटाले नेपालमा आत्महत्या गर्नेको संख्या बढिरहेकाले त्यसको कारण कारण खोज्नुपर्ने बताइन्।
उनले प्रहरीले ठाँउठाँउमा बिना कारण गाडी रोकेर अनावश्यक दुःख दिने गरेको गुनासोलाई कम गर्नुपर्ने पनि बताइन् । उनले हालसम्म निर्मला पन्तको हत्याबारे सत्यतत्य बाहिर नआउनु दुखद रहेको बताइन्।