Kathmandu Press

बामदेवलाई भित्र्याउँदै नेपालले भने– कम्युनिष्ट शक्तिहरू एक हुनैपर्छ

‘एकता भयो कि भएन भनेर सँधै गीत गाएर बस्ने पनि होइन, कुरेर बस्ने पनि होइन। आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, आफ्नो पार्टी बलियो भयो भने त्यसको कुरा सबैले सुन्छन। त्यसैले आफ्नो शक्ति बलियो बनाउने कुरामा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ।’ 
बामदेवलाई भित्र्याउँदै नेपालले भने– कम्युनिष्ट शक्तिहरू एक हुनैपर्छ

काठमाडौं, साउन २ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालका कम्युनिष्ट शक्तिहरुलाई एकताबद्ध भएर अगाडि बढाउन निरन्तर प्रयास गर्नुपर्ने बताएका छन्। 

शुक्रबार नेता वामदेव गौतम नेकपा एसमा प्रवेश गराउँदै उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आफ्नो भूमिका महत्वपूर्ण रहको भन्दै यसलाई निरन्तर दिने बताए।

‘नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि हाम्रो भूमिका नै महत्वपूर्ण छ। त्यसो हुनाले नेपालका सबै क्रान्तिकारीहरुलाई वा कम्युनिष्ट शक्तिहरुलाई एकतावद्ध भएर अगाडि बढ्नका लागि आफ्नो प्रयासलाई निरन्तर अगाडि बढाउनुपर्छ,’ उनले भने।

अध्यक्ष नेपालले पार्टी बलियो भए मात्र सबैले मान्ने धारणा राख्दै आफ्नो शक्ति बलियो बनाउने कुरामा ध्यान केन्द्रित हुनुपर्ने बताए। 

‘एकता भयो कि भएन भनेर सँधै गीत गाएर बस्ने पनि होइन, कुरेर बस्ने पनि होइन। आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ,’ उनले भने, ‘आफ्नो पार्टी बलियो भयो भने त्यसको कुरा सबैले सुन्छन। कमजोरको कुरा कसैले सुन्दैन। त्यसैले आफ्नो शक्ति बलियो बनाउने कुरामा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ।’ 
 

प्रकाशित मिति: १७:४१ बजे, शुक्रबार, साउन २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्