Kathmandu Press

महिला कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

नेपाली टोलदी १८ सदस्यीय छ। जसमा १४ जना खेलाडी छन्। विश्वकप अगष्ट ३ देखि १० सम्म हरियाणाको मोरमाजरामा हुनेछ।
महिला कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

काठमाडौं, साउन २ : दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको हरियाणा जाने भएको छ। 

नेपाली टोलदी १८ सदस्यीय छ। जसमा १४ जना खेलाडी छन्। विश्वकप अगष्ट ३ देखि १० सम्म हरियाणाको मोरमाजरामा हुनेछ।

Hardik ivf

मानमति विष्टको कप्तानीमा रहेको नेपाली टिमको प्रशिक्षकमा विष्णुदत्त भट्ट छन् भने सहायक प्रशिक्षकमा हरिना थापा रहेकी छिन्। यस्तै व्यवस्थापकमा शरद दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन्।

प्रतियोगिताअघि नेपाली टोलीले मोरमाजरामै १२ दिन प्रशिक्षण गर्ने छ। त्यहाँ नेपाली टिममले स्थानीय ५ क्लबसाग अभ्यास खेल पनि खेल्नेछ।

एसियाका ४७ राष्ट्र मध्येबाट विश्व वरीयतामा तेश्रो स्थानमा रहेको नेपाल १३ वर्षपछि हुन लागेको दोस्रो महिला कबड्डी विश्वकपका लागि छनोट भएको हो। विश्वकपमा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, होल्यान्ड, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्यान्ड छन्। 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।
कार्यक्रममा सदस्य–सचिव घिसिङले महिला खेलाडीको ग्राफ उकालो लाग्दै गएको बताउदै एसियाली प्रतियोगितामा पनि पदक जित्दै महिला कबड्डी टोली दक्षिण एसियामा मात्र सीमित छ भन्ने भ्रमलाई चिर्न सफल भएको बताए।

कार्यक्रममा प्रशिक्षक भट्ट र कप्तान मानमतिले ८ महिनाको बन्द प्रशिक्षणले तयारी राम्रो भएको बताउदै पदक जित्नेमा आशावादी रहेको बताए।

नेपाली टिम ः मानमति विष्ट (कप्तान), जयन्ती बडु (उपकप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, श्रृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी ।
 

प्रकाशित मिति: १७:२८ बजे, शुक्रबार, साउन २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्