हेटौंडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
सरकारी उद्योग कलकारखानाहरुको पुर्नसंरचना र सुधारका निम्ति माओवादी केन्दले चासो र पहल लिंदै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले श्रमिक वर्ग र देशको हितमा सकारात्मक पहल लिने विश्वास दिलाए।-(75)-1752837583.jpg)
काठमाडौं, साउन २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हेटौंडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्र
शुक्रबार हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिहरूको ध्यानकर्षण पत्र बुझ्दै उलने यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
अध्यक्ष दाहालसागको भेटमा ट्रेड युनियनका प्रतिनिधिहरूले उद्योग सञ्चालनमा चरम लापरवाही भएको, कर्मचारीका मागहरु बेवास्ता गरिएको र उपभोक्ताको हितविपरीत क्रियाकलापहरू भइरहेको उल्लेख गर्दै यस्ता गतिविधि रोक्न तथा उद्योग घाटा रहित रूपमा सञ्चालन गर्न पहल गरिदिन आग्रह गरे।
अध्यक्ष दाहालले आफ्नो प्रधानमन्त्रीकालमा घाटामा गएका र रुग्ण उद्योगहरू सञ्चालनमा ल्याउन सिंहदरबारमा सरोकारवालाहरुको पटकपटक बैठकहरू बसालेको स्मरण गर्दै हेटौडा सिमेन्ट उद्योगमा देखिएका समस्याहरू समाधान गर्न र ट्रेड युनियनका मागहरू सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
सरकारी उद्योग कलकारखानाहरुको पुर्नसंरचना र सुधारका निम्ति माओवादी केन्दले चासो र पहल लिंदै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले श्रमिक वर्ग र देशको हितमा सकारात्मक पहल लिने विश्वास दिलाए।
छलफलमा हेटौंडा सिमेन्टको समाचारमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतम समेत सहभागी थिए।












