Kathmandu Press

एमालेको पोलिटब्युरो बैठक जारी

शुक्रबार पार्टी मुख्यालय च्यासलमा जारी बैठकको मुल एजेण्डा बिहीबारको सचिवालय बैठकद्वारा पारित विधान संशोधन प्रस्ताव रहेको छ।
एमालेको पोलिटब्युरो बैठक जारी

काठमाडौं, साउन २ : नेकपा एमालेको पोलिटब्युरो बैठक जारी छ।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा जारी बैठकको मुल एजेण्डा बिहीबारको सचिवालय बैठकद्वारा पारित विधान संशोधन प्रस्ताव रहेको छ।

बैठकमा पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ। बिहीबार बसेको सचिवालय बैठकमा विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेश भएको थियो। 

यस्तै पार्टीको केन्द्रीय पदाधिकारीको संख्या ११ बाट बढाएर १५ पुर्याउने प्रस्तावमा पनि नेताहरूबीच सहमति जुटेको बताइएको छ। 

प्रकाशित मिति: १६:५९ बजे, शुक्रबार, साउन २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्