Kathmandu Press

हवाई सेवा प्राधिकरणको अध्यक्ष बन्न १५ वर्षको अनुभव अनिवार्य गर्न माग

‘नेपाल हवाई सेवा प्राधिकरणको गठन गर्दा ब्यूरोक्रेसीलाई भन्दा पनि प्राविधिक रुपमा विधेयकलाई हेर्नुपर्छ। यसको सम्बन्ध प्रत्यक्ष यात्रुसँग हुने भएकाले टेक्निकल पार्टलाई ध्यान दिनुपर्छ,’ उनले भनिन्।
हवाई सेवा प्राधिकरणको अध्यक्ष बन्न १५ वर्षको अनुभव अनिवार्य गर्न माग

काठमाडौं, साउन २ : अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरणको गठन गर्दा व्यूरोक्रेसीलाई भन्दा प्राविधिक पक्षलाई हेर्नुपर्ने सांसदहरुले धारणा राखेका छन्। 

शुक्रबार बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले हवाई क्षेत्रको सुरक्षाका लागि प्राविधिकरुपमा हेर्नुपर्ने बताइन्। 

Hardik ivf

‘नेपाल हवाई सेवा प्राधिकरणको गठन गर्दा ब्यूरोक्रेसीलाई भन्दा पनि प्राविधिक रुपमा विधेयकलाई हेर्नुपर्छ। यसको सम्बन्ध प्रत्यक्ष यात्रुसँग हुने भएकाले टेक्निकल पार्टलाई ध्यान दिनुपर्छ,’ उनले भनिन्।

सांसद गौतमले प्राधिकरणको समिति गठन गर्दा हवाइ क्षेत्रमा कम्तिमा १५ वर्ष अनुभव भएको व्यक्ति अध्यक्ष हुनुपर्ने बताइन्। 

‘प्राधिकरणको अध्यक्ष, सदस्यहरुमा विवाद नगरी हवाई क्षेत्रको सुरक्षाको लागि हवाइ क्षेत्रमा कम्तिमा १५ वर्ष अनुभव भएको त्यस उड्यन क्षेत्रमा विज्ञता प्राप्त स्वतन्त्र व्यक्ति अध्यक्ष हुनुपर्छ,’ उनले भनिन्। 

उनले प्रधिकरणको अध्यक्षको कार्यकाल एक पटक पुरा भएपछि पुनः अर्को कार्यकालका लागि छनोट नहुने व्यवस्था गर्नुपर्ने पनि बताइन्। 

प्रकाशित मिति: १६:५५ बजे, शुक्रबार, साउन २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्