Kathmandu Press

बामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियान नेकपा एसमा समाहित  

राष्ट्रिय सभागृहमा भएको समारोहबिच एकता घोषणा भएको हो। समारोहमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरेका छन्। 
बामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियान नेकपा एसमा समाहित  

काठमाडौं, साउन २ : माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच शुक्रबार एकता भएको छ। 

राष्ट्रिय सभागृहमा भएको समारोहबिच एकता घोषणा भएको हो। समारोहमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरेका छन्। 

Hardik ivf

नेता गौतमले पार्टी एकीकरण हुँदा ज्यादै खुसी भएको बताए । गौतमले चार वर्षको प्रयासपछि दुई पार्टी एक भएको भनाई राखे।

‘आज म ज्यादै खुसी भएको छ। अलिअलि पनि होइन ज्यादै धेरै। मैले धेरै व्यक्त गर्न सक्दिनँ। नेकपा एकीकृत समाजवादीमा एकीकृत हुन चारवर्ष पहिलेदेखि सुरु गरेँ । मेरो पार्टी कार्यालय र यहाँ धेरै टाढा होइन तर मलाई यहाँ आउन चार वर्ष लाग्यो । मैले भने जसरी एकता भएको छ,’ उनले भने। 

उनले ७५ सालमा दुई ठूला कम्युनिस्ट पार्टी मिलेर नेकपा बन्दा आफूलाई अब बाँकी केही छैन भन्ने लागे पनि त्यो टुंगोमा पुग्न नसक्दा दुःख लागेकोसमेत बताए। 

गौतमले आफूलाई पद नचाहिने पनि बताए। उनले भने, ‘काम गर्ने जिम्मा दिनुस् पद चाहिएन । मैले रातमा, दिनमा  जित बेला पनि काम गर्न सक्छु।’ 

एसका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता अहिलेको आवश्यकता भएको बताए। खनालले एमाले र माओवादीबीच एकता हुँदा नीतिगत बनाउन नसकेको कारण टिक्न नसकेको बताए। 

 
 

प्रकाशित मिति: १६:३८ बजे, शुक्रबार, साउन २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्