Kathmandu Press

नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी हुनेछैन : प्रधानमन्त्री

‘दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सवालमा सरकारको तर्फबाट कुनै पनि कसर बाँकी राखिनेछैन। मित्रताका लागि गच्छे चाहिँदैन। गच्छेअनुसार पारस्परिक सम्बन्ध बढाइनेछ, अझ व्यापक बनाइनेछ,’ प्रधानमन्त्री ओलीले भने।
नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी हुनेछैन : प्रधानमन्त्री

काठमाडौं, साउन २ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्ध विस्तारमा सरकारको तर्फबाट कुनै कमी नरहने बताएका छन्। 

शुक्रबार काठमाडौंमा नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठका अवसरमा फिनिक्स इन्स्पिरेशनद्वारा शुक्रबार आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ मा बोल्दै उनले चीनसँगको मित्रता व्यापक बनाइने बताएका हुन्। 

‘दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सवालमा सरकारको तर्फबाट कुनै पनि कसर बाँकी राखिनेछैन। मित्रताका लागि गच्छे चाहिँदैन। गच्छेअनुसार पारस्परिक सम्बन्ध बढाइनेछ, अझ व्यापक बनाइनेछ,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले नेपाल र चीन अन्यन्तै पूराना र ऐतिहासिक देशहरु भएको भन्दै नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताए। 

‘यसले पुस्तापुस्तासम्म आपसी मित्रता बढ्दै जान सघाउनेछ। बहुआयामिक सम्बन्धलाई बढाउँछ, उनले भने, ‘सम्बन्धहरु लेनदेनको मात्रै हुँदैनन्, पारस्परिक भावना र सांस्कृतिक विविध पक्षहरु हुन्छन्।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले युवा सशक्तिकरण पुरस्कारबाट काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, व्यवसाय नेतृवत्व पुरस्कारबाट राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डे तथा शिक्षा उत्कृष्ट पुरस्कारबाट अनुराधा शर्मालाई सम्मान प्रदान गरिएको थियो। 
 
प्रकाशित मिति: १४:५७ बजे, शुक्रबार, साउन २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्