Kathmandu Press

बजेट पर्याप्त नहुँदा सडक निर्माणको काम राम्रो गर्न सकिएन : मन्त्री दाहाल

‘बाँकी सडकहरु बनाउने काम भइरहेको छ। बजेटको सिमितता सबैलाई थहा नै छ। प्रर्याप्त बजेट राखेर बनाउन सकिरहेका छैनौं,’ उनले भने, ‘हरेक आर्थिक वर्षमा ५, ६ सय मिटर वा १ किमि बनाउनु पर्ने बाध्यात्मक स्थिती छ।’
बजेट पर्याप्त नहुँदा सडक निर्माणको काम राम्रो गर्न सकिएन : मन्त्री दाहाल

काठमाडौं, साउन २ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक निर्माणको काम प्रर्याप्त बजेट राखेर काम गर्न नसकेको बताएका छन्। 

शुक्रबार पूर्वाधार विकास समितिमा भएको काठमाडौं चक्रपथ, कलंकी-महाराजगञ्ज खण्डको डिपीआर सम्बन्धी छलफलमा उनले हरेक आर्थिक वर्षमा पाँच छ सय मिटर वा एक किमी मात्र सडक बनाउनुपर्ने बाध्यात्मक स्थिति रहेको भन्दै योजनामा प्रर्याप्त बजेट राख्न नसकेको बताए। 

Hardik ivf

‘बाँकी सडकहरु बनाउने काम भइरहेको छ। बजेटको सिमितता सबैलाई थहा नै छ। प्रर्याप्त बजेट राखेर बनाउन सकिरहेका छैनौं,’ उनले भने, ‘हरेक आर्थिक वर्षमा ५, ६ सय मिटर वा १ किमि बनाउनु पर्ने बाध्यात्मक स्थिती छ।’

मन्त्री दाहालले वातावरणमैत्री र अपाङ्गमैत्री सडक संरचनाहरु बनाउनुपर्छ भन्ने विषय उठेको भन्दै त्यसतर्फ मन्त्रालय लागेको पनि बताए। 

‘कलंकी–बसुन्धरा ८.२ किमि सडकको सन्दर्भमा लामो प्रतिक्षापछि अगाडि बढेको छ। अब विस्तारै संविधान र मन्त्रालयमा नै पनि वातावरणमैत्री, अपाङ्गमैत्री सडक संरचनाहरु बनाउनुपर्छ भन्ने विषय उठेको छ,’ उनले भने, ‘हामीले लिफ्टको कुरा पनि अगाडि सारेका छौ । ठाँउ ठाँउमा जेष्ठ नागरिकहरुको लागि सजिलो हुने गरि लिफ्टबाट माथि चढेर आकाशे पुल तर्ने खालको विषय उठेको छ।’ 

उनले बसुन्धरादेखि उताको सडकसरकारले नै बनाउने भनेपनि रकम थोरै भएको हुनाले गति अलि धिमा भएको भन्दै अहिले रिङरोड एरिया पनि एकदमै राम्रो तरिकाले अगाडि बढेको बताए।
 
साथै, सडक निर्माणको क्रममा हुने जामलाई कसरी व्यवस्थित गर्ने भन्ने सन्दर्भमा विभिन्न प्रकारको मोडलहरु पनि सोचि रहेको उनको भनाई छ। 
 

प्रकाशित मिति: १४:३० बजे, शुक्रबार, साउन २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्