आलमलाई सफाई दिने फैलाविरुद्ध सरकारले गर्यो सर्वोच्चमा पुनरावेदन
उच्च अदालत वीरगञ्ज इजलासबाट भएको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले शुक्रबार सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो।
काठमाडौं, साउन २ : पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई कर्तव्य ज्यान मुद्दाबाट सफाइ दिने गरी उच्च अदालतबाट भएको फैसलाविरुद्ध सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
उच्च अदालत वीरगञ्ज इजलासबाट भएको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले शुक्रबार सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो। आलमसहितका सबै आरोपितलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै पुनरावेदन दर्ता गरिएको छ।
पुनरावेदन निवेदनमा जिल्ला अदालतबाट सफाइ पाएका आरोपितलाई समेत दोषी ठहर गरिनुपर्ने माग छ। तइ, प्रमाण र कानुनको मूल्याङ्कनमा गंभिर त्रुटी रहेको दाबीसहित सरकारका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गरेको हो।
२०६४ सालको संविधानसभा निर्वाचनताका रौतहटमा भएको बम विस्फोट घटनामा घाइते भएका व्यक्तिहरूलाई इँटा भट्टामा हालेर हत्या गरिएको आरोपमा ज्यान मुद्दा चलाईएका आलम लगायत अभियुक्तलाई सफाई दिएपछि फैसलामा संलग्न न्यायाधीशमाथि मोसो छ्यापिएको थियो।
गत जेठ १४ गते उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीशहरू डा.खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले पूर्वमन्त्री आलमसहित आरोपितहरुलाई सफाइ दिने फैसला सुनाएको थियो।












