Kathmandu Press

राजनीतिमा नैतिक समर्थन गर्न शेखरसँग विद्याको आग्रह 

भेटमा भण्डारीले आफू सक्रिय राजनीतिमा आइसकेकाले नैतिक समर्थनको दिन आग्रह गर्दै देशका लागि एक ठाउँमा उभिनुपर्ने अवस्था आएको समेत बताइन्। 
राजनीतिमा नैतिक समर्थन गर्न शेखरसँग विद्याको आग्रह 

काठमाडौं, साउन २ : एमालेकी नेतृसमेत रहेकी पूर्व राष्ट्रपति विद्यादेवि भण्डारी र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच शुक्रबार विहान भएको भेटवार्तामा भण्डारीले आफु सक्रिय राजनीतिमा आइसकेकोले नैतिक समर्थन गर्न आग्रह गरेकी छन्।

भण्डारीलाई भेट्न कोइराला शुक्रबार बिहान भण्डारी निवास चपली हाइट पुगेका थिए। भण्डारीको सचिवालयले दिएको जानकारी अनुसार भेटमा समसायिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ। 

भेटमा भण्डारीले आफू सक्रिय राजनीतिमा आइसकेकाले नैतिक समर्थनको दिन आग्रह गर्दै देशका लागि एक ठाउँमा उभिनुपर्ने अवस्था आएको समेत बताइन्। 

नेता कोइरालाले पनि आफूले सुशासनको पक्षमा बोलिरहेको भन्दै नेतृ भण्डारीलाई पनि यस बिषयमा बोल्न आग्रह गरेका थिए। कोइरालाले मुलुकमा भ्रष्टाचार मौलाएका कारण जनतामा चरम निराशा छाएको सन्दर्भ पनि राखेका थिए। 

यसअघि कांग्रेस नेता कोइरालाले बिहीबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए। पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने घोषणापछि यतिबेला राजनीतिक भेटघाटलाई तीव्र पारेकी छन्। 

प्रकाशित मिति: १३:५७ बजे, शुक्रबार, साउन २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्