Kathmandu Press

सर्वोच्च अदालतको मुद्दा फर्छ्याेट ४१ प्रतिशत मात्र

सर्वोच्च अदालत प्रशासनले जनाए अनुसार २०८२ असार मसान्तसम्म सर्वोच्चमा २४ हजार मुद्दा बाँकी भएका छन्, यीमध्ये दुई वर्ष नाघेका मुद्दा आठ हजार नौ सय ४८ थान छन्। 
सर्वोच्च अदालतको मुद्दा फर्छ्याेट ४१ प्रतिशत मात्र

काठमाडौं, साउन २ : सर्वोच्च अदालतले गत आर्थिक बर्षमा ४१ प्रतिशत मात्र मुद्दा फर्छ्याेट गरेको छ। 

सर्वोच्च अदालत प्रशासनले जनाए अनुसार २०८२ असार मसान्तसम्म सर्वोच्चमा २४ हजार मुद्दा बाँकी भएका छन्, यीमध्ये दुई वर्ष नाघेका मुद्दा आठ हजार नौ सय ४८ थान छन्। 

सर्वोच्चमा चालु वर्षका लागि जिम्मेवारी सरेका २५ हजार सात सय २८ मुद्दा थिए। नयाँ दर्ता १५ हजार ३४ थिए। यसरी कायम हुन आएका कुल ४० हजार सात सय ६२ थान मुद्दामध्ये अदालतले १६ हजार ६ सय ३५ थान मुद्दा फस्र्योट गरेको हो। 

सर्वोच्चले जनाए अनुसार २०८१ असार मसान्तसम्म जम्मा ४१ हजार कुल मुद्दा थिए। चालु वर्षमा मुद्दाको कुल संख्या सामान्य घटेको हो। पाँच वर्ष नाघेका मुद्दा अब सर्वोच्च अदालतमा एक हजार दुई सय ६४ थान छन्।

समग्र देशभरका उच्च अदालतले भने ६९ प्रतिशत मुद्दा फस्र्योट गरेका छन्। जिल्ला अदालतले पनि समग्रमा ६२ प्रतिशत मुद्दा फर्छ्याेट गरेका छन्। तिनै तहका अदालतको कुल मुद्दा फर्छ्याेट ६१ प्रतिशत छ।

प्रकाशित मिति: १३:२२ बजे, शुक्रबार, साउन २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्