Kathmandu Press

पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन्  कार्यसूची

जसअन्तर्गत बिहान ८ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठकमा घले समुदायले छुट्टै जातिमा सूचीकृतको लागि भनी समितिमा दिएको निवेदन  सम्बन्धमा छलफल हुनेछ । 
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन्  कार्यसूची

काठमाडौं, साउन २ : आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत बिहान ८ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ।

बैठकमा घले समुदायले छुट्टै जातिमा सूचीकृतको लागि भनी समितिमा दिएको निवेदन  सम्बन्धमा छलफल हुनेछ। 

त्यस्तै बिहान ८ः३० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा काठमाडौं चक्रपथ, कलंकी-महाराजगञ्ज खण्डको डि.पि.आरबारे छलफल हुनेछ । त्यस्तै बिहान  ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरूसँग छलफल हुनेछ।

त्यस्तै दिउँसो १२ः १५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति सुरक्षा र अपराध नियन्त्रणको अवस्था, सुरक्षाकर्मीको मनोवल बढाउन पछिल्लो समयमा भएका प्रयासहरुबारे छलफल हुनेछ ।  
 

प्रकाशित मिति: ०८:२८ बजे, शुक्रबार, साउन २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्