Kathmandu Press

चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सकरात्मक : स्वास्थ्यमन्त्री पौडेल

बिहीबार समाज डेन्टलको २५ वार्षिक उत्सव समारोहमा बोल्दै उनले चिकित्सा क्षेत्रमा थुप्रै समस्या हुँदा पनि नीजि क्षेत्रबाट संस्थाहरु खुलिरहेको बताएका हुन्। 
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सकरात्मक : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं, साउन १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीजि क्षेत्रमा संस्थाहरु खुल्नु सकरात्मक रहेको बताएका छन्।  

बिहीबार समाज डेन्टलको २५ वार्षिक उत्सव समारोहमा बोल्दै उनले चिकित्सा क्षेत्रमा थुप्रै समस्या हुँदा पनि नीजि क्षेत्रबाट संस्थाहरु खुलिरहेको बताएका हुन्। 

Hardik ivf

‘चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु छन् तर जति विकास भयो त्यति बढ्दै जान्छ। आज जस्तो अवस्था भएपनि नीजि क्षेत्रमा संस्थाहरु खुलिरहेको अवस्था छ,’ उनले भने, ‘संस्था बढेपछि जनशक्ति बढेपछि समस्या बढ्छन्। त्यसैले उल्झन बढ्ने गरी हैन सहजीकरणको लागि कानूनी प्रवर्धन गर्नुपर्छ।’ 

उनले जनशक्ति भए पनि उपत्यका बाहिर जान कोही नचाएको बताए। जसले गर्दा उनले सुदुरपश्चिम, कर्णाली, मधेश प्रदेश लगायत क्षेत्रमा चिकित्सकको कमी रहेको बताए। 

प्रकाशित मिति: २०:४३ बजे, बिहीबार, साउन १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्