‘सचिवालय बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई दिइने जिम्मेवारीबारे छलफल भयाे’
बिहीबारको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले नै भण्डारीको विषय प्रवेश गराएको एमाले सचिव योगेश भट्टराईले बताए।
काठमाडौं, साउन १ : नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने जिम्मेवारीबारे छलफल भएको छ।
बिहीबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीको विषय प्रवेश गराएको एमाले सचिव योगेश भट्टराईले बताए। बैठकमा यसबारे थप छलफल गरेर आवश्यक निर्णय लिनेबारे छलफल भएको उनले बताए।
‘विधान महाधिवेशन सम्वन्धि छलफल भइरहेको हो के कसरी जाने भनेर, छलफल हुँदैछ। पार्टीमा सबैको ठूलो नेतृत्व छ। विद्या भण्डारीको बारेमा पनि छलफल हुन्छ। अध्यक्षले पनि छलफल गरैँंला भन्नु भएको छ,’ उनले भने, ‘उहाँको व्यक्तिगत निजी विषय पनि भएन। उहाँले सबै त्यागेर आईसकेपछि यो पार्टीको कुरा हो छलफल हुन्छ। उहाँ आउनुहुन्छ भने उहाँलाई उचित स्थान दिनुपर्ला। त्यो पनि पार्टीको हाइलेबलमा कुराकानी होस् भन्ने हाम्रो चाहाना हो । यो सार्वजनिक विषय हो यस्लाई हल गर्नैपर्छ।’
१४ असारमा मदन जयन्तीका अवसरमा भण्डारीले एमाले राजनीतिमा पुनरागमन गरेको र आफूले सदस्यतासमेत नवीकरण गरिसकेको जानकारी दिएकी थिइन्।












-(7)-1765197040.jpg)