एमाले बैठकमा वरिष्ठ उपाध्यक्ष पद नराख्ने प्रस्ताव
विधान मस्यौदा समितिका संयोजक रहेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पदाधिकारी संख्या घटाउने प्रस्ताव गरेका हुन्।
काठमाडौं, साउन १ : बिहीबारबाट शुरु भएको नेकपा एमालेको सचिवालय बैठकमा पदाधिकारी संख्या घटाउने प्रस्ताव गरिएको छ।
विधान मस्यौदा समितिका संयोजक रहेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पदाधिकारी संख्या घटाउने प्रस्ताव गरेका हुन्। प्रथम विधान महाधिवेशनबाट ल्याइएको वरिष्ठ उपाध्यक्षको व्यवस्था अनुसार हाल उक्त पदमा ईश्वर पोखरेल छन्।
उक्त प्रस्ताव पारित भएमा अब वरिष्ठ उपाध्यक्ष पद रहने छैन। पौडेलको प्रस्तावमा उपाध्यक्ष, उपमहासचिव र सचिवको संख्या पनि घटाउने भनिएको छ। अहिले पौडेल पौडेलले ल्याएको प्रस्तावमाथि सचिवालयका सदस्यहरुले धारणा राखिरहेका छन्।
भदौमा हुने विधान महाधिवेशनको तयारीस्वरुप छलफलका लागि बैठक बोलाइएको थियो। उक्त बैठकमा विधान महाधिवेशनको तयारीसहित विविध विषयमा छलफलपछि निर्णय हुने छ।
बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिवल शंकर पोखरेलको सांगठनिक प्रतिवेदन लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ।
आज बस्ने बैठकले शुक्रबार बस्ने पार्टी पोलिटब्युरो र साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका कार्यसूची पनि तय गर्ने बताइएको छ। आगामी भदौ २०, २१ र २२ गते दोस्रो विधान महाधिवेशनको तयारीमा एमाले छ।












-(7)-1765197040.jpg)