Kathmandu Press

घुस प्रकणमा कुनै संलग्नता भए जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री अधिकारी

आफूबारे प्रश्न उठेपछि जवाफ दिएका मन्त्री अधिकारीले यसलाई चरित्र हत्याको प्रयास भएको जिकिर गरे।
घुस प्रकणमा कुनै संलग्नता भए जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री अधिकारी

काठमाडाैं, साउन १ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक अडिओमा कुनै संलग्नता फेलापरे जस्तोसुकै सजाय भोग्न तयार भएको बताएका छन्।

बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताए। उनले कसैले नियोजित रुपमा चलाएका हल्लाको पछि लाग्दा सिंगो देशलाई नै असर पर्ने पनि बताए।

आफूबारे प्रश्न उठेपछि जवाफ दिएका मन्त्री अधिकारीले यसलाई चरित्र हत्याको प्रयास भएको जिकिर गरे। साथै, उनले मालपोत अधिकृत सरुवा भएर गएपछि फेरि त्यहाँ जान्छु भनेर नभनेको पनि प्रष्ट पारे।

केही मान्छेहरू आफ्नो अभिष्ट पूरा गर्नका लागि मालपोतका अधिकृतलाई फिर्ता गराउन आफूसमक्ष आएको पनि पत्रकार सम्मेलनमा बताएका हुन्। 

‘यहाँहरूले अडियो सुन्नुभएको छ। मेरो आवाज, मैले त्यहाँ मागेको कुरा, मैंले यो गर्दिन्छु भन्ने तपाईंहरूले फेला पार्नुभयो भने जस्तोसुकै सजाय पनि भोग्न तयार छु,’ उनले भने, ‘कुनै आफ्नो योजना पूरा गर्न खोजेका व्यक्तिले आफ्नो अभिष्ट पूरा गर्न मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए, मैले हुन्न भनेँ। त्यसपछि यी कुराहरू बाहिर आए।’ 

प्रकाशित मिति: १८:३० बजे, बिहीबार, साउन १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्