Kathmandu Press

यू–२० महिला सफामा श्रीलंकामाथि नेपालको सानदार जित

बिहीबार दिउँसो बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा भएको खेलमा नेपालले श्रीलंकामाथि ७–०को फराकिलो जित निकाल्यो। 
यू–२० महिला सफामा श्रीलंकामाथि नेपालको सानदार जित

काठमाडाैं, साउन १ : बंगलादेशमा जारी यू–२० महिला साफमा नेपालले सादनर जित निकालेको छ। बिहीबार दिउँसो बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा भएको खेलमा नेपालले श्रीलंकामाथि ७–०को फराकिलो जित निकाल्यो। 

नेपालले पहिलो हाफमा ४ र दोस्रो हाफमा ३ गोल थप्यो। नेपालका लागि समिक्षा मगरले २ गोल गर्दा पूर्णिमा राई, कुसुम खतिवडा, सरिता नाथ र बिर्सना चौधरीले समान एक गोल गरे। एक गोल आत्मघाती भएको थियो।

१५औं मिनेटमा पूर्णिमाले ट्याप इन गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। ३५औं मिनेटमा कुसुमले नेपालको अग्रता दोब्बर बनाए। त्यसपछि ४३औं मिनेटमा सरिता नाथ र ४५औं मिनेटमा आत्मघाती गोल भएपछि नेपालले ४–०को अग्रता लियो। 

त्यसपछि ६७औं मिनेटमा बिर्सनाले पेनाल्टीमार्फत गोल गरेपछि नेपालले ५–०को अग्रता लियो। त्यसपछि समीक्षाले ७४औं र ७८औं मिनेटमा गोल गर्दै नेपलाको अग्रता ७–०को बनाइन्। 

९०औं मिनेटमा प्राप्त पेनाल्टीमा बिर्सना गोल गर्न चुकिन । उनको प्रहार किपरले बचाएकी थिइन्। त्यसपछि थप गोल नहुँदा नेपाल विजयी भयो। 

दुवै लेगमा नेपालले श्रीलंकामाथि समान ७–०को जित निकाल्यो। यो जितपछि नेपाल ४ खेलमा ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। एक खेल कम खेलेको बंगलादेश ३ खेलमा अपराजित रहेर ९ अंकका साथ गोलअन्तरमा पछाडि रहेर हाल दोस्रोमा छ। बंगलादेशले बेलुका भुटानसँग खेल्नेछ।

प्रकाशित मिति: १८:२४ बजे, बिहीबार, साउन १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्