Kathmandu Press

नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाहरूको भूमिका प्रशंसनीय : नेता निधि

‘नेपाल–बेलायत संसदीयमैत्री समूहलाई सक्रिय बनायाैं। यसलाई औपचारिक र अनौपचारिक क्रियाकलापहरु गर्यौं। चेम्बर र डब्लुएफडीको पदाधिकारीसँग समन्वय गरेर अनौपचारिक क्रियाकलापहरु गर्दा राम्रो हुन्छ,’ उनले भने।
नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाहरूको भूमिका प्रशंसनीय : नेता निधि

काठमाडौं, साउन १ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका छन्। 

बिहीबार बसेको नेपाल–बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उनले नेपाल–बेलायत संसदीयमैत्री समूहलाई सक्रिय बनाउनुपर्ने भन्दै यस्ता समिति र संस्थाहरुले नेपाल बेलायतको मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका हुन्। 

Hardik ivf

‘उत्तर विधायिकी परीक्षण मिस्टर फाउन्डेसनले नेपाल, नेपालको लोकतन्त्र र नेपालको फाइदाको लागि हामीले एउटा आवश्यक जानकारी प्राप्त गर्न सक्छौ र नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धका लागि पनि सहयोग हुन्छ,’ उनले भने, ‘आगामी दिनमा नेपाल बेलायतसँग सम्बन्धित अरु संस्थाहरुले कुन कुन क्षेत्रमा काम गरिरहेको छ त्यसको जानकारी लिने र बेलायतमा पनि नेपालसँग सम्बन्धित संस्थााहरु कुन कुन छन् जानकारी लिएर लिस्ट गरौं।’

उनले नेपाल–बेलायत संसदीय मैत्री समूहले औपचारिक र अनौपचारिक क्रियाकलापलाई प्राथमिकतामा राख्नुपर्ने बताए। 

‘नेपाल–बेलायत संसदीयमैत्री समूहलाई सक्रिय बनायाैं। यसलाई औपचारिक र अनौपचारिक क्रियाकलापहरु गर्यौं। चेम्बर र डब्लुएफडीको पदाधिकारीसँग समन्वय गरेर अनौपचारिक क्रियाकलापहरु गर्दा राम्रो हुन्छ,’ उनले भने।

 कार्यक्रममा बोल्दै उद्यमी राजेन्द्र खेतानले बेलायतीहरु नेपालका लगानी गर्न उत्साहित रहेको भन्दै केहीले वित्तिय क्षेत्रमा लगानी गरेको पनि बताए।

कार्यक्रममा सांसद विराजभक्त श्रेष्ठ, सुहाङ नेम्बाङलगायतले आफ्नो धारणा राखेका थिए। 

प्रकाशित मिति: १७:२६ बजे, बिहीबार, साउन १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्