रास्वपाले सार्वजनिक गर्यो उम्मेदवार छनोटकाे नयाँ विधि
पार्टीको विधानको भाग १९ र २० मा उल्लेखित लिडरशिप एकेडेमी, उम्मेदवार क्लब र प्रारम्भिक निर्वाचन प्रणालीको मर्म अनुसार तयार गरिएको बताउँदै कार्यबहाक प्रवक्ता मनिष झाले यसले उम्मेदवार छनोटलाई थप व्यवस्थित, संस्थागत र वस्तुनिष्ठ बनाउने उल्लेख गरे।-1752751926.jpg)
काठमाडौं, साउन १ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबै तहका निर्वाचनमा योग्य उम्मेदवार चयन गर्न पारदर्शी, लोकतान्त्रिक र वैज्ञानिक पद्धतिमा आधारित उम्मेदवार छनोट विधि सार्वजनिक गरेको छ।
पार्टीको विधानको भाग १९ र २० मा उल्लेखित लिडरशिप एकेडेमी, उम्मेदवार क्लब र प्रारम्भिक निर्वाचन प्रणालीको मर्म अनुसार तयार गरिएको बताउँदै कार्यबहाक प्रवक्ता मनिष झाले यसले उम्मेदवार छनोटलाई थप व्यवस्थित, संस्थागत र वस्तुनिष्ठ बनाउने उल्लेख गरे।
यस्तो विधिबाट मात्रै देश र जनताप्रति प्रतिवद्ध, योग्य, र सक्षम उम्मेदवार चयन गर्न सकिने उनको भनाई छ। जनाएको छ। यस प्रणालीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउने, निर्वाचनमा प्रतिस्पर्धात्मकता बढाउने र आम नागरिकको विश्वास जित्ने अपेक्षा गरिएको प्रवक्ता झाले बताए।
‘उम्मेदवार छनोटको नयाँ विधिले नेपाली राजनीतिको पारदर्शिता, जवाफदेहीता र समावेशितालाई संस्थागत गर्दै जनतामाझ पार्टीको विश्वसनीयता बढाउने ठोस प्रयासका रूपमा हेरिका छौं,’ उनले भने, ‘पार्टी नेतृत्व विकासमा लगानी गर्दै अबको राजनीति मूल्य, सिद्धान्त र क्षमतामा आधारित हुनेछ।’












-(7)-1765197040.jpg)