Kathmandu Press

आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उछाल, ७५ अंकले बढयो, साढे १६ अर्ब बढीको कारोबार

बुधबार १४ अर्बको कारोबार भएकोमा बिहीबार साढे १६ अर्बबढीको कारोबार भएको छ। २८७०.६३ अंकमा पुगेर राेकिएकाे छ।
आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उछाल, ७५ अंकले बढयो, साढे १६ अर्ब बढीको कारोबार

काठमाडौं, साउन १ : नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्से परिसुचकमा उछाल देखिएको छ। आर्थिक वर्षको पहिलो दिन ७५.८४ अंकले बढेर नेप्से २८७०.६३ अंकमा पुगेर रोकिएको छ। 

नेप्से बढेसँगै कारोबार रकम पनि उल्लेख्य मात्र बढेको छ। बुधबार १४ अर्बको कारोबार भएकोमा बिहीबार साढे १६ अर्बबढीको कारोबार भएको छ। ३११ स्टकको १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ रुपैयाँ बराबरको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर कारोबार भएको छ। 

Hardik ivf

आज सेन्सेटिभ इन्डेकस ११.२२ अंकले बढेको छ। फ्लोट इण्डेक्स ५.०६ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.७९ अंकले बढेको छ।

यस दिन ट्रेड टावर लिमिटेड, शुभम पावर लिमिटेड, थ्री स्टार हाइड्रोपावर, स्टर्न हाइड्रोपावर र बाराही हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यससँगै ट्रेड टावर कम्पनीको मूल्य ३६.६० रुपैयाँले बढेर ४०२.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

शुभम पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ८३.१४ रुपैयाँले वृद्धि भएर ९१५.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ। थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य पनि प्रतिकित्ता ७३.१० रुपैयाँले बढेर ८०४.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

त्यसैगरी, स्टर्न हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ५७.११ रुपैयाँले बढेर ६३३.७२ रुपैयाँमा अन्तिम कारोबार भएको छ र बाराही हाइड्रोपावरको शेयर मूल्य पनि ६९.२९ रुपैयाँले बढेर ८३८.९८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

एनआईबीएल स्टेबल फण्डको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ०.७५ रुपैयाँले घटेर ९.१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यसैगरी एनआइसी एशिया फिलीक्स क्यापिटल फण्डको शेयर मूल्य ०.६३ रुपैयाँले घटेर ९.५२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

साताको कारोबारको अन्तिम दिन नेपाल रिइन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी, सानीमा माइ हाइड्रो पावर, राधी जलविद्युत र नाग्दी ग्रुप पावर लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।

प्रकाशित मिति: १६:०४ बजे, बिहीबार, साउन १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्