Kathmandu Press

उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी

उनले भने, ‘जहाँ उद्योगशीलता हुन्छ, त्यहाँ रोजगारी सिर्जना हुन्छ। राष्ट्रिय अर्थतन्त्रमा योगदान बढ्छ र त्यसपछि मात्र मुलुकले सभ्य इतिहास रच्न सक्छ।’
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी

काठमाडौं, साउन १ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक पूर्वाधार तयार नगरी मुलुकको औद्योगिकीकरण सम्भव नहुने बताएका छन्।

बिहीबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले औद्योगिक पूर्वाधारलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन्।

उनले भने, ‘जहाँ उद्योगशीलता हुन्छ, त्यहाँ रोजगारी सिर्जना हुन्छ। राष्ट्रिय अर्थतन्त्रमा योगदान बढ्छ र त्यसपछि मात्र मुलुकले सभ्य इतिहास रच्न सक्छ।’

हालको आर्थिक सूचकाङ्कले मुलुक ओरालो लागेको संकेत गरिरहेको उल्लेख गर्दै उनले राज्यको भूमिका अझ सक्रिय हुनुपर्ने धारणा राखे। ‘आजको तथ्यांकले हामीलाई गिज्याइरहेको छ । हामी ओरालो लागिरहेका छौं,’ मन्त्री भण्डारीले भने।

उद्योगी तथा व्यवसायीहरूले जग्गा र पूर्वाधारमा व्यक्तिगत लगानी गरेर उद्योग सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको भन्दै उनले औद्योगिक पार्क निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए।

विकसित औद्योगिक मुलुकहरूबाट सिक्ने समय आएको बताउँदै मन्त्री भण्डारीले अब राज्यले उद्योगीलाई ‘सहज र सुविधासम्पन्न’औद्योगिक पूर्वाधार उपलब्ध गराउनुपर्ने समय आएको बताए।

‘औद्योगिक पार्क बनाउँदा त्यहाँ सडक, बिजुली, पानीलगायत सम्पूर्ण पूर्वाधार उपलब्ध हुनुपर्छ, कुनैपनि उद्योगि, व्यवसायीले जग्गा, पूर्वाधारमा लगानी गरेर उद्योग सञ्चालन गर्न कठिन छ। आजका विकशित औद्योगिक रुपमा सम्पन्न भएका मुलुकहरुबाट धेरै कुरा सिक्न जरुरी छ,’ उनले भने, ‘औद्योगिक पार्क बनाउनुपर्यो, त्यसका आर्कषक औद्योगिक क्षेत्र जहाँ बाटो होस्, बिजुली होस्, पानी होस्, त्यहाँ सबै वस्तुहरु हुनुपर्छ। पूर्वाधार तयार भैइसकेपछि हामीले उद्योगलाई आमन्त्रण गर्ने हो पूर्वाधारका सवालमा।’ 
 

प्रकाशित मिति: १५:१४ बजे, बिहीबार, साउन १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्