Kathmandu Press

एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा छलफल हुने 

आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीस्वरुप छलफलका लागि बैठक बोलाइएको हो। बैठकमा विधान महाधिवेशनको तयारीसहित विविध विषयमा छलफलपछि निर्णय हुने जनाइएको छ। 
एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा छलफल हुने 

काठमाडौं, साउन १ : सत्तारुढ नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा सुरु भएको छ। 

आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीस्वरुप छलफलका लागि बैठक बोलाइएको हो। बैठकमा विधान महाधिवेशनको तयारीसहित विविध विषयमा छलफलपछि निर्णय हुने जनाइएको छ। 

उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्तावसम्वन्धी खाकाहरू प्रस्तुत गर्ने भएका छन्। पौडेल विधान संसोधन समितीको संयोजक समेत हुन् । बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिवल शंकर पोखरेलको सांगठनिक प्रतिवेदन लगायतका विषयमा पनि छलफल हुने एजेण्डा छ। 

आज बस्ने बैठकले शुक्रबार बस्ने पार्टी पोलिटब्युरो र साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका कार्यसूची पनि तय गर्ने बताइएको छ। आगामी भदौ २०, २१ र २२ गते दोस्रो विधान महाधिवेशनको तयारीमा एमाले छ। 

प्रकाशित मिति: १५:०६ बजे, बिहीबार, साउन १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्