Kathmandu Press

घुस प्रकरणमा मुछिएका मन्त्री अधिकारीले पत्रकार सम्मेलन गर्दै 

पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय विचौलिया समूहसँग ३२ लाख घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री अधिकारीमाथि राजिनामाको दबाब परेको छ। 
घुस प्रकरणमा मुछिएका मन्त्री अधिकारीले पत्रकार सम्मेलन गर्दै 

काठमाडौं, साउन १ : घुस रकम लिएको भन्दै नयाँ अडियो क्लिप बाहिरिएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बिहीबार ३ बजे पत्रकार सम्मेलन गर्दै छन्। 

मन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ। पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय विचौलिया समूहसँग ३२ लाख घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री अधिकारीमाथि राजिनामाको दबाब परेको छ। 

यसअघि १ सय ३५ रोपनी जग्गा प्रकरणमा मुछिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार राजीनामा दिइसकेका छन्। 

घुस प्रकरणमा गुप्तासँगै विचौलियाले भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारीका छोरा मनोज अधिकारीको नाम समेत मुछेका छन्। 

अडियोमा जग्गा मिलाउन मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख लिएको दाबी गरिएको सुनिन्छ । यस्तै, निवर्तमान सामान्य प्रशासन मन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको भनिएको छ। 

प्रकाशित मिति: १४:०१ बजे, बिहीबार, साउन १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्