Kathmandu Press

‘सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रह्यो भने सडकबाट सरकार हटाउनुपर्ने हुनसक्छ’

‘यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रहिरह्यो भने, हामी बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने हुन्छ,’ अध्यक्ष दाहालले भने।
‘सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रह्यो भने सडकबाट सरकार हटाउनुपर्ने हुनसक्छ’

काठमाडौं, साउन ३२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टचारमा लिप्त रहेको बताएका छन्। यस्तै अवस्था रहे सडक आन्दोलन गरेर सरकार हटाउनु पर्ने अवस्था आउने उनले बताए।

‘यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रहिरह्यो भने, हामी बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने हुन्छ,’ अध्यक्ष दाहालले भने।

आज ललितपुरको बालकुमारी चौरमा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ उद्घाटन गर्दै अध्यक्ष दाहालले संसदमा प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्ट्राचार उजागर गर्दै आएको बताए। 

अध्यक्ष दाहालले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान गरे। 

कार्यक्रममा उनले वाइसिएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको उत्पादन ब्रिगेडको निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गरे।
 
प्रकाशित मिति: १४:११ बजे, बिहीबार, साउन १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्