Kathmandu Press

वित्त आयोगका सदस्य मिश्रले दिए राजीनामा 

मिश्रले वित्त आयोगको सुशासनका बिषयमा असन्तुष्टि जनाउँदै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन्। 
वित्त आयोगका सदस्य मिश्रले दिए राजीनामा 

काठमाडौं, साउन १ : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका विज्ञ सदस्य अमरराज मिश्रले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन्।

मिश्रले वित्त आयोगको सुशासनका बिषयमा असन्तुष्टि जनाउँदै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन्। 

गत असार १८ गते सर्वोच्च अदालतले संबैधानिक निकायमा नियुक्त पदाधिकारीले पुरा कार्यकाल काम गर्न पाउने गरी फÞैसला गरेको थियो। 

आयोग सदस्य मिश्रले आयोगको सुशासनसँग सम्बन्धित विषयमा असन्तुष्टि जनाउँदै आएका थिए।  
 

प्रकाशित मिति: १३:२२ बजे, बिहीबार, साउन १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्