Kathmandu Press

बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने 

बालाजु औद्योगिक क्षेत्रका उद्योगलाई सरकारले ढिलोचाँडो उपत्यका बाहिर सार्ने भन्दै उनले यो औद्योगिक क्षेत्रलाई सेवामुलक उद्योग आइसिटी पार्क बनाइने बताए। 
बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने 

काठमाडौं, साउन १ : उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बालाजु औद्योगिक क्षेत्रलाई आइसीटी पार्कको रुपमा विस्तार गरिने बताएका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले सो जानकारी दिएका हुन्।

बालाजु औद्योगिक क्षेत्रका उद्योगलाई सरकारले ढिलोचाँडो उपत्यका बाहिर सार्ने भन्दै उनले यो औद्योगिक क्षेत्रलाई सेवामुलक उद्योग आइसिटी पार्क बनाइने बताए। 
 
प्रकाशित मिति: १३:१५ बजे, बिहीबार, साउन १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्