Kathmandu Press

वरिष्ठ पत्रकार श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित 

अफ्रिकी मुलुक ताञ्जानियामा गत सोमबारदेखि जारी काउन्सिलको शिखर सम्मेलनबाट श्रेष्ठलाई उपाध्यक्ष पदमा निर्वाचित गरिएको हो।
वरिष्ठ पत्रकार श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित 

काठमाडौं, साउन १ : वरिष्ठ पत्रकार किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित भएका छन्। 

अफ्रिकी मुलुक ताञ्जानियामा गत सोमबारदेखि जारी काउन्सिलको शिखर सम्मेलनबाट श्रेष्ठलाई उपाध्यक्ष पदमा निर्वाचित गरिएको हो। प्रेश काउन्सिल, नेपालका पूर्व अध्यक्ष श्रेष्ठ यसअघि श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव थिए। 

विश्व प्रेस काउन्सिलमा आगामी तीन वर्षका लागि सर्वसम्मतिबाट नयाँ नेतृत्व चयन भएको जनाइएको छ। काउन्सिल अध्यक्षमा डेभिड ओम्ओयो (केन्या) र अर्का उपाध्यक्षमा अली हान्सेर्ली (साइप्रस) निर्वाचित भएका छन्।  

नेपालको प्रतिनिधित्व गरेका श्रेष्ठको प्रस्तावकमा भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डा तथा समर्थकमा जिम्बाब्वेका लफ्टी दुबे, म्यान्मारका डा.तिन तुन ओ, कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजांगा रहेका थिए।

 यस्तै, तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा महासचिवको जिम्मेवारीमा आउँदा टर्कीका तामेर अताबारुत कोषाध्यक्ष भएका छन् भने अन्तर्राष्ट्रिय सम्पर्क संयोजकमा भारतका सिके नायक र तान्जानियाका जियादा किलोबो चुनिएका छन्। 

काउन्सिलको शिखर सम्मेलन शुक्रबार समापन हुँदैछ। सम्मेलनमा नेपालसहित २७ राष्ट्रका प्रतिनिधिको सहभागिता छ। 

प्रकाशित मिति: १३:११ बजे, बिहीबार, साउन १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्